२४ असार २०८३, बुधबार

माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

साउन ३१, २०८२
काठमाडौं
माग गरेबमोजिम कारागारमा स्थानान्तरण गरेर कैदीबन्दीको व्यवस्थापन गरिँदै

कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिने भएको छ । घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

अस्पतालबाट उपचार गरी फर्किए पनि थप समय स्वास्थ्यलाभ गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी तत्कालका लागि कैदीबन्दीले रोजेअनुसार अन्य कारागारमा पठाएर व्यवस्थापन गर्ने काम भइरहेको प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए । 
 
उनले भने, “डिस्चार्ज भए पनि उहाँहरूलाई स्वास्थ्यलाभ गर्न थप समय चाहिने भएकाले त्यस पक्षलाई ध्यान दिएर तत्कालका लागि रोजेको कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ, कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा पठाएर व्यवस्थापन गरिरहेका छौँ ।”

हालसम्म अस्पतालबाट उपचार गरेर फर्किएकामध्ये छ जनालाई अन्य जिल्लामा पठाइसकिएको जोशीले जानकारी दिए । 

यही साउन २३ गते राति कैदीबन्दीबीच भएको झडपका एक जनाको मृत्यु र ४९ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्टको काठमाडौँमा उपचार भइरहेको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररतमध्ये नौ जनाबाहेक सबै फर्किइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्