०३ साउन २०८३, आइतबार
मौसम पूर्वानुमान

कोशी र बागमतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

भदौ १, २०८२
काठमाडौं
कोशी र बागमतीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना छ । 

आज दिउँसो कोशी, मधेश र बागमतीको तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बागमतीको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति मधेशलगायत कोशी, गण्डकी र सुदूरपश्चिमको पहाडी तथा तराई भूभाग र बाँकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई र पहाडी भूभागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम चलिरहेको महाशाखाले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्