
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
पहिरोले सडक अवरुद्ध भएपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।
उनका अनुसार अहिले दुई‘जेसीभी’ प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।
चट्टानसहित खसेको पहिरो पन्छाएर बाटो सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।