१८ असार २०८३, बिहीबार

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

भदौ १, २०८२
काठमाडौं
फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

 फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले रु १७ करोड ५० लाख बराबरको साधारण सेयर बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । 

कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा चार दशमलव तीन मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ । 

आयोजना निर्माण सम्पन्न गर्न रु ९४ करोड लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण रु चार करोड लागत वृद्धि भई रु ९८ करोड लाग्ने भएको छ । आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात्  रु ४८ करोड स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् रु ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्