२५ असार २०८३, बिहीबार

मुग्लिन–नारायणगढ सडकखण्ड ४ घण्टापछि सञ्चालनमा

भदौ १, २०८२
काठमाडौं
मुग्लिन–नारायणगढ सडकखण्ड ४ घण्टापछि सञ्चालनमा

मुग्लिन–नारायणगढ सडकखण्डको तुईन पुल नजिकै आज बिहान गएको पहिरोका कारण सडक करिब चार घण्टा अवरुद्ध भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार बिहान ४ बजे माथिबाट ढुंगासहितको पहिरो खस्दा दुबै तर्फको सवारी आवागमन रोकिएको थियो । डिभिजनले तत्काल दुईवटा मेकानिकल उपकरण परिचालन गरी पहिरो पन्छाएपछि बिहान ८:१० बजेबाट सडक सञ्चालनमा आएको जनाएको छ ।

डिभिजनले वर्षायाममा सो क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले यात्रु तथा सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्