०६ असार २०८३, शनिबार

विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

भदौ २, २०८२
हुम्ला
विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

‎सोमबार विभिन्न पार्टी परित्याग गरी हुम्लाका १५ घरधुरीले नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेका प्रवेश गरेका छन् । नेकपा एमाले हुम्लाको सातौँ जिल्ला कमिटीको पूर्ण बैठकमा सिमकोट गाउँपालिका वडा नम्बर एक, दुई ठेहे गाउँबाट नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, नयाँ शक्तिबाट प्रवेश गरेको एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहराले बताए ।

जिल्ला पार्टी सचिव बोहराका अनुसार एमालेमा प्रवेश गर्नेमा नेपाली कांग्रेसबाट नुन्दे बोहरा, दुन्त बोहरा, रवि भण्डारी रहेका छन्  । यस्तै माओवादी केन्द्रबाट ज्वाले रावल, गोफी रावल वडा कमिटी सदस्य, राम बहादुर रावल, हजारी सार्की, रुप्सीला बोहरा, सोवनकली सुनार, पुने बोहरा, राजेन्द्र बोहरा, गोर्ख बोहरा, पुन्च बोहराले माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।

विभिन्न पार्टीबाट परित्याग गरेका नवप्रवेशीलाई एमालेमा पार्टी केन्द्रीय सदस्य दल रावलले स्वागत गरे।

salt training

कमेन्ट गर्नुहोस्