१४ असार २०८३, आइतबार

देवदहमा चक्कु प्रहारबाट दाइको मृत्यु, भाइ गम्भीर घाइते

एक जना पक्राउ
भदौ ३, २०८२
बुटवल
देवदहमा चक्कु प्रहारबाट दाइको मृत्यु, भाइ गम्भीर घाइते

रुपन्देहीको देवदह नगरपालिका- ४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्तबहादुर कुमालको हत्या गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदीप जैसी छन् । उनलाई गएराति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।​​

प्रहरीका अनुसार सुदीपले विवादको क्रममा सन्तबहादुर र उनका भाइ १९ वर्षीय सुमन कुमाललाई चक्कु प्रहार गर्दा दुवै जना गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि देवदह मेडिकल कलेज भलुहीमा ​लगिएको थियो । 

तर सन्तबहादुरको उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्