०५ साउन २०८३, मंगलबार

बाबर आजम र मोहम्मद रिजवानलाई पाकिस्तान क्रिकेट बोर्डको अर्को झट्का

भदौ ३, २०८२
काठमाडौं
बाबर आजम र मोहम्मद रिजवानलाई पाकिस्तान क्रिकेट बोर्डको अर्को झट्का

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले आफ्ना दुई प्रभावशाली खेलाडी बाबर आजम र मोहम्मद रिजवानलाई अर्को झट्का दिएको छ । पीसीबीले आगामी एसिया कप क्रिकेट प्रतियोगिताका लागि घोषित आफ्नो टोलीमा यी दुबै खेलाडीलाई समावेश गरेको छैन ।

पीसीबीले एसिया कपका लागि घोषणा गरेको १७ सदस्यीय टोलीमा बाबर आजम र मोहम्मद रिजवान अटाएका छैनन् । त्यसपछि पीसीबीले मंगलबार आगामी सिजनका लागि सेन्ट्रल कन्ट्र्याक्ट (केन्द्रीय सम्झौता) मा रहने आफ्ना खेलाडीको सूची सार्वजनिक गरेको छ ।

यो सूचीमा पनि बाबर आजम र मोहम्मद रिजवानलाई ‘ए’ श्रेणीमा राखिएको छ । केन्द्रीय सम्झौतामा पीसीबीले कुनै पनि खेलाडीलाई ‘ए’ श्रेणीको योग्य सम्झिएको छैन । केन्द्रीय सम्झौतामा १२ जना नयाँ खेलाडीलाई समेटिएको छ ।

यसअघि, केन्द्रीय सम्झौतामा बाबर आजम, मोहम्मद रिजवानलगायतका सिनियर खेलाडीलाई श्रेणी ‘ए’ मा राखिएको थियो । केन्द्रीय सम्झौताको पछिल्लो सूचीमा बाबर आजम र मोहम्मद रिजवानलाई ‘बी’ श्रेणीमा राखिएको छ ।

पछिल्लो केन्द्रीय सम्झौतामा अबरार अहमद, फखर जमान, ह्यारिस रउफ, हसन अली, साम अयुब, सलमान अली आगा, शादाब खान र साहिन शाह अफरिदी पनि श्रेणी ‘बी’मा रहेका छन् ।

यसैगरी, पाँच जना खेलाडीलाई बढुवा गरेर श्रेणी ‘बी’ मा ल्याइएको छ । टी–२० टोलीका कप्तान सलमान अली आगा, शादाब खान, ह्यारिस रउफ, अबरार अहमद र साम अयुब यसअघि श्रेणी ‘सी’ मा रहेका थिए ।

यसपटक श्रेणी ‘सी’ मा फाहिम अशरफ, अब्दुल्लाह शफिक, मोहम्मद नवाज, हसन नवाज, साजिद खान, मोहम्मद ह्यारिस, नसिम शाह, नोमन अली, साउद शकिल र साहिबजादा फरहानलाई स्थान दिइएको छ ।

यसैगरी, खुशदिल शाह, अहमद दानियाल, मोहम्मद अब्बास अफरिदी, शान मसुद, हुसैन तलत, खुर्रम शहजाद, सुफियान मुकिम, मोहम्मद वसिम जुनियर र सलमान मिर्जा श्रेणी ‘डी’ मा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्