०७ असार २०८३, आइतबार

डुबेर हुने मृत्यु विकराल समस्या

भदौ ४, २०८२
काठमाडौं
डुबेर हुने मृत्यु विकराल समस्या

पद्यकन्या क्याम्पसका उपप्रध्यापक डा भगवती सेढाइँले नेपालमा डुबेर मृत्यु हुनेको सङ्ख्या उल्लेख्य रहेको उल्लेख गर्दै उक्त समस्या समाधान तथा रोकथामका लागि नीति निर्माण जरुरी रहेको धारणा राखेकी छन् । 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा काठमाडौँमा आयोजना गरेको ‘डुबेर हुने मृत्यु रोकथामका लागि राष्ट्रिय परामर्श कार्यशाला’को प्राविधिक सत्रमा उनले भनिन्, “अब डुबेर हुने मृत्युलाई एक अकाल मृत्युको प्रमुख कारण हो भने घोषणा गरी यसको रोकथामका लागि नीति नियम निर्माण गरी कार्यान्वयनका लागि अगाडि बढ्नुको विकल्प छैन ।” डा सेढाइँले नेपालमा लामो समयदेखि यस विषयमा अनुसन्धान र पैरवी गर्दै आएकी छन् । 

अनुसन्धानकर्ता डा पुष्पराज पन्तले विभिन्न देशमा गरिएका अध्ययनले प्रभावकारी रोकथामका उपायलाई नेपालको सन्दर्भमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुति दिए । 

    कार्यशालामा नेपालका सबै प्रादेशिक स्वास्थ्य महाशाखाहरूका निर्देशक र प्रतिनिधिको उपस्थितिमा छलफल भएको थियो । त्यस अवसरमा अधिकांश सहभागीहरूले डुबेर हुने मृत्यु विकराल समस्या भइसकेको तथ्याङ्कले देखाएको बताए । उनीहरुले यसको रोकथामका लागि सहकार्यद्वारा अकाल मृत्युबाट बालबालिकालगायत सबैलाई जोगाउने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने धारणा राखे । 

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को तथ्याङ्कमा अधारित भएर प्रकाशित प्रतिवेदनअनुसार नेपालमा उक्त वर्ष करिब एक हजार ६०० जनाको डुबेर मृत्यु भएको थियो । प्रहरीको तथ्याङ्कमा भने उक्त वर्ष यसप्रकारका घटनामा नौ सयको हाराहारीमा रहेको देखाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्