
गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । राति दार्चुलादेखि अछाम, जुम्ला, डोटी, बाजुरालगायत झापा, मोरङ, उदयपुरसम्म हल्कादेखि मध्यम वर्षा भएको हो ।
हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान र लुम्बिनीको पहाडी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कर्णाली र सुदुरपश्चिमलागायत देशका पहाडी भू–भागका केही ठाउँ र तराईंका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावाना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ । तर, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम कायमै रहेको महाशाखाको भनाइ छ ।