२१ असार २०८३, आइतबार

दिल्लीकी मुख्यमन्त्री रेखामाथि ‘आक्रमण गर्ने’ व्यक्ति को हुन्?, खुल्यो अचम्मको रहस्य

भदौ ४, २०८२
काठमाडौं
दिल्लीकी मुख्यमन्त्री रेखामाथि ‘आक्रमण गर्ने’ व्यक्ति को हुन्?, खुल्यो अचम्मको रहस्य

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि जन सुनुवाइ कार्यक्रमका क्रममा आक्रमण गर्ने व्यक्तिको विवरण सार्वजनिक भएको छ । घटनापछि मुख्यमन्त्री गुप्ताको टाउकोमा चोट लागेको छ । दिल्ली प्रहरीले घटनाको पुष्टि गर्दै गृह मन्त्रालयलाई जानकारी दिइसकेको छ ।

प्रारम्भिक विवरणअनुसार आक्रमणकारी गुजरातको राजकोटका ४१ वर्षीय राजेशभाइ खिमजीभाइ सकारिया नामका व्यक्ति हुन् । उनी पशुप्रेमी रहेको बताइएको छ । हाल प्रहरी हिरासतमा रहेका उनीसँग थप सोधपुछ भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।

घटनामा संलग्न आरोपीको समेत प्राप्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय मिडिया स्रोतका अनुसार राजेशभाइका एक आफन्त हाल जेलमा रहेका छन् । तिनै आफन्तलाई छुटाउन निवेदन बुझाउनका लागि उनी दिल्ली पुगेका थिए । 

उक्त मुद्दा अदालतमा विचाराधीन छ । यसै क्रममा दिल्ली प्रहरीले आरोपीको पृष्ठभूमि बारे थप जानकारीका लागि गुजरात प्रहरीलाई सम्पर्क गरेको र आधार कार्ड समेत जारी गरिएको जनाएको छ ।

प्रहरीलाई दिएको बयानमा आरोपीकी आमाले छोरा भुस्याहा कुकुरसम्बन्धी सर्वोच्च अदालतको फैसलापछि दिल्ली आएको बताएकी छन् । आमाका अनुसार छोरा मानसिक रूपमा अस्वस्थ छ र आफूलाई कुकुरप्रेमी ठान्छन् । 

उनले यसअघि पनि दिल्ली यात्रा गरिसकेका थिए । आरोपी रिक्सा चालक परिवारबाट आएका हुन् । राजकोट प्रहरीले आमा समेतलाई सोधपुछका लागि लगेको छ । तर, आमाले छोराले ऊ दिल्ली मुख्यमन्त्रीको निवास जानेबारे केही बताएका थिएनन् । 

आक्रमणका क्रममा उनले शुरूआती रूपमा केही कागजात मुख्यमन्त्रीलाई दिएका थिए, तर तुरुन्तै हात तानेर आक्रमणको प्रयास गरेका थिए। आरोपी प्रहरी नियन्त्रणमै छन् र अनुसन्धान भइरहेको छ ।

बीजेपी प्रवक्ता प्रविण शंकरका अनुसार आरोपीको कुनै राजनीतिक दलसँग प्रत्यक्ष सम्पर्क प्रमाणित भएको छैन । तर, उनले आक्रमण अघि दिएका अभिव्यक्तिहरूबाट उनी दिल्लीमा आफ्नो अवस्थाप्रति असन्तुष्ट कुनै दलसँग जोडिएको हुनसक्ने संकेत मिलेको जनाइएको छ ।

दिल्ली बीजेपी अध्यक्ष वीरेन्द्र सचदेवाले घटनाबारे स्पष्ट गर्दै भनेका छन्, ‘आरोपीले मुख्यमन्त्रीको हात तानेपछि हल्का धक्का-मुक्का भयो र उनको टाउको टेबलको कुनामा ठोक्कियो । चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् ।’

‘यसले केही मानसिक आघात पारेको छ, तर उहाँले आफ्ना कार्यक्रम रद्द नगर्ने स्पष्ट गर्नुभएको छ । जन सुनुवाइ कार्यक्रम निरन्तर चल्नेछ’ उनले थपे ।

salt training

कमेन्ट गर्नुहोस्