२५ असार २०८३, बिहीबार

९ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

भदौ ४, २०८२
काठमाडौं
९ अंकले घट्यो नेप्से, ५ अर्बको कारोबार

नेपाल स्टक एक्सचेन्ज(नेप्से) सामान्य अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक ९.७० अङ्कले घटेर २७६७.२० को विन्दुमा बन्द भएको हो ।

अघिल्लो कारोबारका दिन मङ्गलबार मात्रै नेप्से परिसूचक ६.५१ अङ्कले बढेर २७७६ को विन्दुमा बन्द भएको थियो । 

बुधबार बजारमा कुल १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयरको खरिदबिक्री हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । 

शेयर बजारमा गिरावट आए पनि विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ । 

कारोबारका आधारमा भने नेपाल रिइन्स्योरेन्स कम्पनी २५ करोड ९ लाख ७९ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ । 

बुधबार बजार पुँजीकरण ४६ खर्ब २० अर्ब रुपैयाँ बढी रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्