३० जेठ २०८३, शनिबार

गाँजाको नशामा चक्कु प्रहार, युवकको हत्या

भदौ ५, २०८२
रौतहट
गाँजाको नशामा चक्कु प्रहार, युवकको हत्या

रौतहटको यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको चक्कु प्रहारबाट मृत्यु भएको छ ।

बुधबार अपराह्न ३ बजेतिर गौर नगरपालिका–३ का सोनु भन्ने सनोज रामसँग वादविवाद हुँदा रामले चक्कु प्रहार गर्दा निजको मृत्य भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गौर नगरपालिका–८ बाँसघारीमा गाँजा सेवन गर्ने क्रममा बादविवाद हुँदा रामले एक्कासी चक्कु प्रहार गर्दा मियाँको पेट, टाउको, छाती र खुट्टामा गहिरो चोट लागेको थियो । गम्भीर घाइते भएका मियाँलाई उपचारका क्रममा प्रादेशिक अस्पताल गौर पु-याउँदा मृत घोषणा गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नेत्रविक्रम गिरीले जानकारी दिए ।   

लागुऔषध सेवन गरी चक्कु प्रहार गरेको अभियोगमा रामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्