०२ असार २०८३, मंगलबार

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने पीडित विद्यार्थीहरूको चेतावनी

कात्तिक २०, २०७४
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी गर्ने पीडित विद्यार्थीहरूको चेतावनी
काठमाडौं, २५ मङ्सिर – एम.बी.बी.एस.का विद्यार्थीहरूले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पूर्नप्रकाशित नतिजा नसच्याए तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
शनिवार रिपोर्टर्स क्लब नेपालमा पाटन एम.बी.बी.एस. सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । सङ्घर्ष समितिका अध्यक्ष विपिन मेहताले बिना सूचना २०७३ साल मङ्सिर १८ गते गोरखापत्र दैनिकमा प्रकाशित गरेको नतिजा खारेज गरेर २०७३ साल मङ्सिर १५ गते आएको नतिजालाई कायम नगरे डिन र भिसीको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए ।

उनले भने,‘दोस्रो पटक प्रकाशित गरिएको नतिजा खारेज गरी पहिलोपटक प्रकाशित भएको नतिजा कार्यान्वयन नगरे उपकुलपति र डिनको कार्यालयमा तालाबन्दी गरेर सशक्त आन्दोलन गछौं, हामी डिनलाई कुनै हालतमा कार्यालय छिर्न दिँदैनौं, हाम्रो कुरा सुनुवाइ नभए थप सशक्त आन्दोलन गर्छौँ ।’

उनले २०७३ साल कार्तिक २७ गते विद्यार्थी भर्ना छनौटका लागि सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित गर्दै त्यसमा ३ सय ७७ जनाको आईडेण्टीफिकेशन नम्बर प्रकाशित गरेको उल्लेख गर्दै भने,‘अन्र्तवार्ताका लागि बोलाईसकेपछि हामीहरुलाई जानकारी नदिई दोस्रो नतिजा निकालेर हामीलाई आईडेण्टीफिकेशन नम्बरबाट हटाईयो ।’

सङ्घर्ष समितिले प्राविधिक त्रुटि भए प्रकाशित गरेको नतिजामा ३ सय ८० जनालाई आइडेण्टीफिकेशन नम्बरमा समावेश गरेको र नयाँ नतिजामा पहिलाको ३ सय ७७ मध्येबाट ९० जनालाई मात्रै आईटडेण्डीफिकेशन नम्बरमा समावेश गरेको हुँदा २ सय ८७ जना पीडित भएको गुनासो पोखेको छ । उनीहरूले आफूहरुलाई अन्याय गरेर मानसिक तनाव दिएको आरोप लगाएका छन् ।
समितिले आजको तीन दिनभित्र आफूहरुको माग सम्बोधन नभए दोस्रो चरणको आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । कार्यक्रममा समितिका सचिव रुकु बस्नेतले पनि आफ्नो धारणा राखेका थिए ।

पीडित विद्यार्थीहरूको माँगमा डा. विनय पंजीयार अध्यक्ष रहेको नेपाल मेडिकल एण्ड डेन्टल एशोसियसनको समेत समर्थन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्