
काठमाडौं ७ माघ–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले राष्ट्रिय सुरक्षा नीतिको वेवास्था गरेको आरोप लगाएका छन् ।
व्यबस्थापिका संसदको शुक्रवारको बैठकमा एमाले उपाध्यक्ष रावलले सरकारले संविधान र कानून विपरित गर्नेलाई छूट र प्रश्रय गरिएको आरोप लगाएका हुन् ।
‘स्वतन्त्र मधेशको कुरा गर्ने सीके राउतका क्रियाकलाप प्रति सरकार रमिते बनेको छ’ रावलले भने । उनले सरकारले भारतीय हवाइ मार्सल राख्ने कुरा सञ्चार माध्यममा आएको भन्दै त्यस्तो कुरा नेपाली जनतालाई स्वीकार्य नहुने बताए ।