१४ असार २०८३, आइतबार

तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा

भदौ ५, २०८२
काठमाडौं
तीन संसदीय समितिको बैठक आज, यी हुन् एजेन्डा

संघीय संसदका तीनवटा समितिको बैठक बिहीबार बस्दैछन्।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान १० बजे बस्नेछ ।  सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने उक्त समितिको बैठकमा “भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक” सम्बन्धमा छलफल हुनेछ। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक विहान ८ बजे बस्नेछ । सिंहदरबारमै बस्ने बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल गर्नेछ। साथै विविध विषयमा पनि बहस हुनेछ।

राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको ११६औँ बैठक बिहान ११ बजे सिंहदरबार संसद भवन नम्बर २ को चौथो तल्ला, कोठा नम्बर ५१४ मा बस्नेछ। बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी दफावार छलफल हुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्