१३ असार २०८३, शनिबार

देशभर आंशिकदेखि साधारण बदली, धेरै स्थानमा वर्षाको सम्भावना

भदौ ५, २०८२
काठमाडौं
देशभर आंशिकदेखि साधारण बदली, धेरै स्थानमा वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी र सुदूरपश्चिमसहितका पहाडी भू–भागमा साधारणतया बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने तराईका अधिकांश स्थानमा आंशिक बदलीको अवस्था देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा साधारण बदली रहँदै केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । 
यसैगरी तराईमा आंशिक बदली रहेर थोरै स्थानमा वर्षा हुने छ । यस्तै राति हिमाल र पहाडका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

मधेश प्रदेशमा दिउँसो आंशिक बदली रहेर थोरै स्थानमा वर्षा हुनेछ भने राति धेरै स्थानमा मध्यम वर्षा हुने महाशाखाको बुलेटिनमा उल्लेख छ । 

यसैगरी कर्णाली प्रदेशमा दिउँसो र राति दुवै समयमा हिमाली र पहाडी क्षेत्रमा साधारण बदली रहँदै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ । 

आज राति विशेषगरी बागमती, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना समेत रहेकाले सचेत रहन महाशाखाले अनुरोध गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्