
संस्था सञ्चालनको अनुमति लिने तर सञ्चालनै नगरी मोटो रकम कमिसन खाएर वर्षैपिच्छे किनबेच गर्ने प्रवृत्ति निजी तथा संस्थागत विद्यालयमा पनि देखिएको छ ।
यस्तो प्रवृत्ति देखिएपछि काठमाडौँ महानगरपालिकाले केही विद्यालयको सञ्चालन अनुमति नै खारेज गर्न लागेको छ । सञ्चालन अनुमति खारेज गर्न महानगरपालिकाले त्यस्ता विद्यालयको सेयर स्वामित्व तथा अन्य कागजपत्र अध्ययन गरिरहेको छ ।
कम्पनी रजिस्टार्डको कार्यालयबाट सञ्चालन अनुमति लिएका तर सञ्चालन नभएका यस्ता विद्यालयको सङ्ख्या पत्ता लगाउन महानगरपालिकाले अध्ययन गरिरहेको छ । अध्ययनबाट पत्ता लागेका केही विद्यालयको नाम पनि महानगरपालिकाले गोप्य राखेको छ । गोरखापत्रमा खबर छ ।