![त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण र सिट राख्ने काम अन्तिम चरणमा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/tu_cricketground_9_iLSq9j9TwC.jpg)
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ ।
निर्माण कार्य ९५ देखि करिब करिब १०० प्रतिशत नै सकिएको कम्पनीका प्रतिनिधि प्रेम पौडेलले जानकारी दिए । उनका अनुसार अब सरसफाई, रेलिङ फिटिंगजस्ता काम मात्र बाँकी छन् ।

१० हजार दर्शक क्षमताको मैदान पूर्वी र पश्चिमगरी दुई खण्डमा रहेको छ । पूर्वी खण्डमा २२९० कुर्सी राखिएको र पश्चिम खण्डमा ७ हजार ७ सय १० कुर्सी राखिएको पौडेलले बताए ।

फ्लडलाइड जडानका लागि २७ करोड ४० लाख रुपैयाँमा विशाण–ईश्वरी जोइन्ट भेन्चर ठेक्का लिएको अहिले थियो । ६ वटा लाइटका लागि सबै पोलहरू ल्याई सकेको र केही दिन जडानको काम शुरू गरिने निर्माण कम्पनीले जनाएको छ ।
प्यारापिट निर्माणका लागि बिकेओआई–केसीडिसी–बिजी जेभीले २०८१ फागुन १९ गते सम्झौता गरेर २० गतेबाट काम निर्माण शुरू गरेका थिए ।








तस्वीर : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी ।