०७ असार २०८३, आइतबार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

भदौ ५, २०८२
काठमाडौं
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

संखुवासभामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-८ बस्ने १९ वर्षीय पुष्कर तामाङ रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।

पुष्करले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्