२८ जेठ २०८३, बिहीबार

काठमाडौंमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भदौ ५, २०८२
काठमाडौं
काठमाडौंमा फरुवा प्रहार गरेर श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौंको तारकेश्वरमा बुधबार राति एक महिलाको हत्या भएको छ । 

तारकेश्वर नगरपालिका–१ बस्ने भीमसेन मग्रातीले श्रीमती शर्मिला मग्रातीलाई फरुवा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले भीमसेनलाई पक्राउ गरिसकेको छ । घरयासी विवादमा भीमसनेले शर्मिलामाथि फरुवा प्रहार गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी अपिल बोहराका अनुसार पक्राउ परेका भीमसेनमाथि प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्