०५ असार २०८३, शुक्रबार

कबाडी नहटाउन काठमाडौं-५ लाई पाटन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

भदौ ५, २०८२
काठमाडौं
कबाडी नहटाउन काठमाडौं-५ लाई पाटन उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

पाटन उच्च अदालतले काठमाडौं महानगरपालिका-५ लाई वडाभित्र रहेको कबाडी हटाउने कार्य तत्काल नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सूर्यप्रसाद पराजुलीको इजलासले रञ्जु देवीले दर्ता गरेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ गर्दै मंगलबार यस्तो आदेश दिएको हो । 

रिट निवेदक रञ्जु देवीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता युवराज बन्जाडेले बहस गरेका थिए । निवेदकले काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले गत असार २३ गते ७ दिनभित्र कबाडी हटाउन पत्र पठाएको उल्लेख गर्दै त्यसलाई रोक्न माग गरेकी थिइन् ।

अदालतले दुवै पक्षलाई छलफलमा राखेर मात्र अन्तिम आदेशका विषयमा निर्णय गर्ने बताउँदै महानगरलाई कारण देखाऊ आदेश समेत जारी गरेको छ ।

‘यसमा, के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबुद प्रमाणसहित म्याद सूचना तामेल भएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीको हकमा आफैं वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिलिपि समेत साथै राखी विपक्षीका नाममा म्याद सूचना जारी गरी रितपूर्वक तामेल गराई लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नुहोला’, आदेशमा भनिएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्