२२ असार २०८३, सोमबार

कला, साहित्य र संगीतमय बन्यो मिलाप तिजोत्सव

भदौ ६, २०८२
काठमाडौं
कला, साहित्य र संगीतमय बन्यो मिलाप तिजोत्सव

‘भाषा, साहित्य, कला, संस्कृति र मौलिकताको संरक्षण तथा संवर्द्धन गरौं’ भन्ने मूल नाराका साथ चौथो मिलाप तिज उत्सव सम्पन्न भएको छ । बुधबार काठमाडौंमा विशेष समारोहबीच सम्पन्न तिजोत्सवमा नेपाली नारीको महान् पर्व तिजलाई साहित्य, कला, नृत्य र संगितमार्फत् उत्सवमय बनाइएको थियो ।

कार्यक्रममा नायिका भुवन चन्द र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोललगायतको विशेष उपस्थिति थियो । 

चन्दले तिजलाई नेपाली महिलाको आत्मीयता, संस्कृति र एकताको प्रतीकका रूपमा रहेको धारणा राखिन् । ‘तिज केवल रमाइलोको पर्व मात्र होइन, यो हाम्रो संस्कृति र पहिचानसँग जोडिएको अमूल्य धरोहर हो । यदि हामी नयाँ पुस्तामा यसको महत्व र मौलिकता प्रवाह गर्न सक्यौं भने हाम्रो परम्परा अझ उज्ज्वल र बलियो बन्छ’, उनले भनिन् ।

त्यसैगरी, उपमेयर डंगोलले तिजले महिलाहरूलाई सशक्त बनाउन सक्ने बताइन् । ‘यस्ता उत्सवले हाम्रो संस्कृति र परम्परालाई जोगाउने मात्र होइन, समुदायमा सहकार्य र एकताको भावना पनि बढाउँछ’, उनले भनिन् । 

उत्सवमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ‘तिज मिलाप सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुने व्यक्तित्वहरूमा डा. तारादेवी कार्की (तारु), गायिका रीता बुढाथोकी, सारिका घिमिरे, शोभा पाण्डे, नीता आचार्य, तृप्ति खड्का, मञ्जु थापा, उर्मिला खत्री (रिया), साहित्यकार सानु शर्मा, निर्देशक सावित्री खत्री, व्यवसायी राधिका खतिवडालगायत थिए । 

कार्यक्रममा सांस्कृतिक प्रस्तुतीमा नृत्य, गीत र साहित्यिक अभिव्यक्तिहरू प्रस्तुत गरिएका थिए । 

मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेशनकी अध्यक्ष गीता अधिकारीले विगत १५ वर्षदेखि निरन्तर मिलाप मासिक प्रकाशन हुँदै आएको जानकारी गराउँदै नेपाली नारीको महान् पर्व तिजलाई पनि विगत चार वषदेखि निरन्तर उत्सवका रूपमा मनाउँदै आएको बताइन् । 

यउत्सवलाई अभियान्ता फाउण्डेशनको प्रमुख कार्यक्रम ‘टेक लिडहर्स फेलोशिप’अन्तर्गत सञ्चालित ‘सचेत नारी अभियान’ले समेत साथ दिएको थियो । काठमाडौं महानगरपालिकाको वडा महिला सञ्जालसँग सहकार्यमा चार महिनासम्म चलेको अभियानका कम्युनिटी एम्बास्डरहरू कार्यक्रममा सहभागी थिए । 

उनीहरूले डिजिटल वकालत, सञ्चार र सामुदायिक सचेतनासम्बन्धी तालिम लिएर समुदायमा लैगिंक हिंसाबारे जागरण फैलाएका छन् । अभियानमार्फत चार हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष रूपमा जानकारी दिइएको आयोजकहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्