२६ असार २०८३, शुक्रबार

रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा ३० जनाले गरे रक्तदान​

भदौ ६, २०८२
रामेछाप
रामेछाप नगरपालिकामा आयोजित कार्यक्रममा ३० जनाले गरे रक्तदान​

राजयोगिनी दादी प्रकाशमणिको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको अवसरमा ब्रह्माकुमारीज नेपालले शुक्रबार रामेछाप नगरपालिकामा वृहत् रक्तदान कार्यक्रम गरेको छ ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन्।

ब्रह्माकुमार डा. भरतकुमार श्रेष्ठका अनुसार रक्तदान गर्ने मध्ये २३ जना पुरुष र ७ जना महिला रहेका छन्। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले प्राविधिक सहयोग गरेको थियो।

रगतको अभाव हुन नदिन दोस्रो चरणको रक्तदान कार्यक्रम भदौ ८ गते बिहान ७ बजेदेखि मन्थलीस्थित ब्रह्माकुमारी राजयोग उप सेवा केन्द्रमा सञ्चालन गर्न लागिएको उनले जानकारी दिए ।

रक्तदानमा सहभागीलाई रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले प्रमाणपत्र वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्