०४ साउन २०८३, सोमबार

जगदम्बा श्री प्रेमदेव गिरी र मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’लाई प्रदान गरिने

भदौ ६, २०८२
काठमाडौं
जगदम्बा श्री प्रेमदेव गिरी र मदन पुरस्कार छुदेन काविमोको ‘उरमाल’लाई प्रदान गरिने

मदन पुरस्कार गुठीले विक्रम संवत् २०८१ को जगदम्बा श्री पुरस्कार- प्रेमदेव गिरी र मदन पुरस्कार- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीको आज बसेको बैठकले ​लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएका ‘प्रेमदेव गिरी’लाई जगदम्बा श्री र छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

पुरस्कारका लागि ‘उरमाल’सँगै रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरूपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट-चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ सूचीमा परेका थिए । 

मदन पुरस्कार गुठीले २०७२ देखि गुठीमा प्राप्त पुस्तक मध्येबाट बढीमा १० वटा पुस्तक छनोट गरी सूची सार्वजनिक गर्दै ती मध्येका एकलाई पुरस्कृत गर्दै आएको छ ।

२०७५ सालबाट पुरस्कार राशि चार लाख रुपैयाँ पुर्‍याइएको छ ।

कमेन्ट गर्नुहोस्