२१ असार २०८३, आइतबार

१ करोड ७१ लाख मूल्य बराबरको सामानसहित १ जना पक्राउ

भदौ ६, २०८२
बुटवल
१ करोड ७१ लाख मूल्य बराबरको सामानसहित १ जना पक्राउ

रुपन्देही प्रहरीले १ करोड ७१ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलवारबाट १ करोड ७१ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जसमध्ये ठूलो परिमाणको विद्युतीय चुरोट (भेप) रहेको छ ।

लु २ च ६३०३ नम्बरको गाडी चेकजाँच गर्दा १ करोड ७१ लख २५ हजार मूल्य बराबरको बिल बिजक नभएको विद्युतीय (भेप) लगायतका सामग्री नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

यस्तै गाडी चालक रुपन्देहीको मायादेवी गाउँपालिका–४ का ३० वर्षीय नारायण अग्रहरी बनियाँलाई पनि पक्राउ गरेको छ ।

कार्कीका अनुसार, बरामद सामग्रीमा विभिन्न कम्पनीको १ हजार ३५० थान (२७ कार्टुन) फ्लेभर, विभिन्न ब्रान्डको विद्युतीय चुरोट (भेप) ५ हजार ९६१ थान, प्लास्टिक प्याक गर्ने मशिन एक थान लगायतका रहेको छ ।

बरामद सामग्री, गाडी र चालकविरुद्ध अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्