१० साउन २०८३, आइतबार

साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपालको पहिलो जित

भदौ ६, २०८२
काठमाडौं
साफ यू–१७ महिला च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपालको पहिलो जित

 नेपालले साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध पुनरागमन जित हात पारेको छ।

शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ज गरेको हो।

खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेपनि ५८औं मिनेटमा साहरा लिम्बूले बराबरी गोल फर्काइन्। त्यसपछि ७७औं मिनेटमा साहराले नै दोस्रो गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाइन्। अन्ततः यही परिणाम खेलको निर्णायक बनेको हो।

यस जितसँगै नेपालले तीन अंक जोडेको छ। यसअघि पहिलो खेलमा नेपाल भारतसँग ७–० ले पराजित भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्