०८ असार २०८३, सोमबार

न्युयोर्कमा आतंकवादी आक्रमण गर्न खोज्ने उल्लाह आईएसबाट प्रभावित

मंसिर २६, २०७४
न्युयोर्कमा आतंकवादी आक्रमण गर्न खोज्ने उल्लाह आईएसबाट प्रभावित

काठमाडौं, २६ मंसिर — अमेरिकाको न्युयोर्कमा रहेको म्यानह्याटनको भीडभाड भएको सबवे प्यासेजमा सोमवार बिहान पाइप बम विस्फोट गराउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

गलादेशी आप्रवासी अकायेद उल्लाह उक्त आतंकवादी आक्रमणका आरोपित हुन् । उनी सन् २०११ मा अमेरिका आएका थिए । 

विस्फोटका कारण आरोपितलाई चोटपटक लाग्यो भने अन्य तीन यात्रीलाई सामान्य चोट लाग्यो । आक्रमणले आतंकवाद, सार्वजनिक सुरक्षा र आप्रवासका बारेमा सार्वजनिक बहस निम्त्याएको छ । 

पाइप बम उल्लाहको कपडामा प्लास्टिकको डोरीले टाँसिएको थियो । उनले बिहान ७ बजेर २० मिनेट जाँदा बम विस्फोट गराएका थिए । उनी अन्डरग्राउन्ड प्यासेजवेमा छिरेर विस्फोट गराउन सफल भएका थिए । 

आक्रमणपछि भीडभाडयुक्त टाइम्स स्क्वेयर ठप्प भएको थियो । प्रहरीले अरू बमको खोजीमा त्यस ठाउँमा कर्फ्यु लगाएका थिए । 

उल्लाहले प्रहरीलाई इस्लामिक स्टेन नामक आतंकवादी समूहबाट प्रभावित भएको बताए । एफबीआई र न्युयोर्क प्ररही विभागले घटनाको अनुसन्धान गरिरहेका छन् र उनीहरूले उल्लाहविरुद्ध अदालतमा छिट्टै मुद्दा दायर गर्नेछन् । 

विस्फोटका कारण उल्लाहको हात र पेट डढेको थियो अनि काटिएको चोट पनि देखिन्थ्यो । सामान्य चोटपटक लागेका तीन मानिसले चाहिँ कान बजेको र टाउको दुखेको गुनासो गरे । उनीहरू आफैं अस्पताल गएका थिए । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्