
चितवनको मुग्लिन–नारायणगढ सडक खण्डस्थित तुईन खोलानजिक खसेको पहिरो हटाइएपछि शनिबार बिहान ८:०० बजेदेखि सवारी आवागमन दुवैतर्फ सञ्चालनमा आएको छ।
रोड डिभिजन भरतपुरका अनुसार पहिरो पन्छ्याउने काम डिभिजनको यान्त्रिक उपकरण प्रयोग गरेर गरिएको हो। यद्यपि, सडकमा ढुंगा खस्ने क्रम अझै जारी रहेकाले यात्रु तथा चालकहरूलाई उच्च सतर्कताका साथ यात्रा गर्न आग्रह गरिएको छ।
सडक सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो हटाए पनि जोखिम कायमै रहेकाले आवश्यक सावधानी अपनाउनुपर्ने अवस्था छ।