१९ असार २०८३, शुक्रबार

मर्स्याङ्दी किनारमा शव फेला

भदौ ७, २०८२
तनहुँ
मर्स्याङ्दी किनारमा शव फेला

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ । 

नाम, थर र वतन नखुलेको अन्दाजी ३०/३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्