२८ जेठ २०८३, बिहीबार

मकवानपुरका स्थानीय तहको सशर्त अनुदानतर्फको ३२ करोड बजेट फिर्ता

भदौ ८, २०८२
हेटौंडा
मकवानपुरका स्थानीय तहको सशर्त अनुदानतर्फको ३२ करोड बजेट फिर्ता

मकवानपुरका स्थानीय तहहरूले आर्थिक वर्ष २०८१/८२ मा सशर्त अनुदानतर्फ खर्च गर्न नसकेको ३२ करोड २२ लाख रूपैयाँ फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका १० वटै स्थानीय तहहरूले आव २०८१/८२ मा खर्च गर्न नसकेको सो रकम फिर्ता भएको हो । 

आव २०८१/८२ मा सशर्त अनुदानतर्फ दुई अर्ब ९४ करोड, वित्तीय समानीकरण अनुदानतर्फ एक अर्ब १२ करोड ३४ लाख, समपूरक अनुदानतर्फ पाँच करोड ५७ लाख र विशेष अनुदानतर्फ तीन करोड ५० लाख भुक्तानी गरिएकामा खर्च गर्न नसकेर ३२ करोड २२ लाख फिर्ता आएको हेटौँडाका कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दिनेश रेग्मीले जानकारी दिए ।

विभिन्न कारणले स्थानीय तहहरूले समयमा कार्यक्रम गर्न नसक्नु, समयमा योजना सफल गर्न नसक्नुलगायत कारणले सशर्त अनुदानतर्फको बजेट फिर्ता भएको प्रमुख रेग्मीले बताए । 

त्यसैगरी, बागमती प्रदेश सरकारले आव २०८१/८२ मा खर्च गर्न नसकेको ४२ करोड फिर्ता भएको प्रमुख रेग्मीले बताए । बागमती प्रदेश सरकारलाई आव २०८१/८२ मा ११ अर्ब ९६ करोड बजेट भुक्तानी दिए पनि ११ अर्ब ४७ करोडमात्र खर्च गर्न सकेकाले ४९ करोड रकम फिर्ता भएको प्रमुख रेग्मीको भनाइ छ ।     

salt training

कमेन्ट गर्नुहोस्