२१ जेठ २०८३, बिहीबार

प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

भदौ ८, २०८२
काठमाडौं
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शनिबार नेपाल आएकी हुन् ।

यसअघि आजै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थि आन सुआनबीच भेट भएको थियो ।

उनी भ्रमण पूरा गरेर यही भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।

null

salt training

कमेन्ट गर्नुहोस्