०४ साउन २०८३, सोमबार

पत्याउनु हुन्छ ? ट्रम्पकी आमा घरमा काम गर्ने नोकर्नी !

कात्तिक २०, २०७४
पत्याउनु हुन्छ ? ट्रम्पकी आमा घरमा काम गर्ने नोकर्नी !
डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको रुपमा आज शपथ ग्रहण गर्दैछन् । उनी अमेरिकाको राष्ट्रपतिको रुपमा विराजमान हुने भएसँगै उनीबारेका जानकारी आउने क्रम जारी रहेको छ ।

यसैबीच उनकी आमाको बारेमा नयाँ तथ्य सार्वजनिक भएको छ । ट्रम्पकी आमा मेरी अने मक्लाउड हब्रिडिएन आइल्याण्ड अफ लुइसमा हुर्केकी थिइन् । तर पछि उनी न्यूयोर्क आइन् । मेरी अने ती दसौ हजार स्कटिश मानिस मध्ये थिइन् जसले २० औं शताव्दीको शुरुवाती सालमा आर्थिक संकटबाट बच्नका लागि अमेरिका तथा क्यानडाका भ्रमण गरेका थिए ।

मेरीले १८ वर्षको उमेरमा पहिलो पटक १९३० मा न्यूयोर्कका लागि लुइसलाई छोडेकी थिइन् ।

उनले लुइस एक घरेलु नोकरको रुपमा काम खोज्नका लागि छोडेकी थिइन् । छ वर्षपछि मेरीको विवाह एक सफल ‘प्रोपर्टी डेभलेपर्स’ फ्रेरडिक ट्रम्पसँग भयो । फ्रेरडिक जर्मन प्रवासी थिए । उनी न्यूयोर्कका सवैभन्दा सफल पुरुष भध्ये एक थिए ।

डोनाल्ड जान फ्रेरेडिक तथा मेरीको पाँचौ सन्तानको रुपमा ट्रम्प चौथो नम्बरमा जन्म भएको थियो । जो अमेरिकाको ४५ औं राष्ट्रपति बन्न लागेका छन् । ट्रम्पकी आमाको जन्म स्कटल्याण्डको आएर आफ लुइस मा स्टोर्नोएवे भन्दा तीन मिल टाढा टोग मा भएको थियो । वंशावली विशेषज्ञ विल लासनले यस वंश वृक्षको खोजी गरेका हुन् ।
विलले मेरी अने मक्लाउडको वंश वृक्षको खोजी १९ औं शताव्दीमा गरेका थिए । उनका अनुसार मेरीका बुबा मैलकम एक पोस्ट अफिसमा काम गर्थे । केही वर्षपछि उनले एक पसल सञ्चालन गर्न थाले ।

बिलका अनुसार अरुको तुलनामा यस परिवारको आर्थिक स्थिति केही राम्रो थियो । पहिलो विश्व युद्धमा यहाँका मानिसको जीवन कष्ठकर भएको थियो । जुन टापूमा १ भन्दा धेरै मानिस मारिएका थिए ।

सन् १९३० मा मेरी न्यूयोर्कमा काम खोजिरहेकी थिइन् । यसबीचमा उनलाई एक धनि परिवारमा नोकर्नीको काम मिल्यो । तर १९२९ मा अमेरिकामा आर्थिक मन्दि छायो । त्यसपछि मेरीको जागिर धरापमा प¥यो । सन् १९३४ मा मेरस् स्कटल्याण्ड आइन् । तर उनको भेट फ्रेड ट्रम्पसँग भयो र उनी फेरि एकपटक न्यूयोर्क फर्किइन् ।
डोनाल्ड ट्रम्पका तीन भाइ अहिले पनि लुइरमा रबस्छन् । त्यसमध्ये दुई उनका पैतृक घरमा बस्छन् । जसलाई मेरीले पछि पुनर्निर्माण गरेका थिए । ट्रम्पका तीन भाइ सञ्चारमाध्यमसँग बोल्न भने नकार्दै आएका छन् ।

सन् १९४२ मा ट्रम्पकी आमा अमेरिकी नागरिक बनेकी थिइन् । ८८ वर्षको उमेरमा सन् २००० मा ट्रम्पकी आमाको निधन भएको थियो । मेरी जहाँ जन्मिन् उक्त स्थानमा उनका अर्वपछि छोरा डोनाल्ड ट्रम्प २००८ मा गएका थिए । त्यहाँ उनले आफ्ना सौतेनी भाईहरुसँग पनि भेटघाट गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्