१९ असार २०८३, शुक्रबार

बजारमा पेप्सी कोलाका नक्कली उत्पादनको बिगबिगी, सतर्क रहन आग्रह

भदौ ८, २०८२
काठमाडौं
बजारमा पेप्सी कोलाका नक्कली उत्पादनको बिगबिगी, सतर्क रहन आग्रह

गर्मीयाम शुरू भएसँगै नेपाली बजारमा पेप्सी कोला जस्तै देखिने पेय पदार्थहरूको विक्री वितरण बढेको पाइएको छ ।

विशेष गरी तराईका जिल्लाहरूदेखि काठमाडौंसम्मका क्षेत्रमा पेप्सी जस्तै देखिने नक्कली उत्पादनहरू देखिन थालेपछि कम्पनीले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ ।

भारसँग सिमाना जोडिएका झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगायत जिल्लामा नक्कली उत्पादनहरूको बिगबिगी बढेको छ ।​ 

पेप्सीको नेपालमा आधिकारिक वितरक वरुण वेभरेज नेपाल हो । वरुण वेभरेजले पेप्सी कोलाका सम्पूर्ण उत्पादन नेपालमै गर्ने गर्दछ । वरुणले पेप्सी, सेभन अप, मिरिन्डा, माउन्टेन ड्यूलगायत पेय पदार्थहरू उत्पादन तथा वितरण गर्दै आएको छ । 

नेपालको सफ्ट ड्रिङ्क बजारको करिब ४३ प्रतिशत हिस्सा ओगटेको वरुणले उत्पादन गरेजस्तै हुबहु नक्कल गरेका उत्पादनहरू त्यतिकै मात्रामा देखिन्छन् । 

बजारमा माउन्टेन ड्यिूको नक्कल गरी ‘मेन्टेन ड्यू’ मिरिन्डाको ‘मेरिन्डा’, सेभन अपको नक्कल ‘सेभन थम’लगायतका उत्पादनहरूको बिगबिगी छ । 

यसरी बजारमा नक्कल गरी उत्पादन गरिएको उत्पदानहरूले वास्तविक प्रोडक्टको टेस्ट र रोजाइलाई नकारात्मक प्रभाव पार्दै आएको छ । विशेष गरी खुल्ला बजारको अवधारणामा चलिरहेको नेपाल जस्तो देशमा वास्तविक ब्रान्डप्रति नै नेगेटीभीटी फैलिरहेको छ । ​

नक्कली ब्रान्डको प्याकेजिङ, फन्ट, रङ र डिजाइन हुबहु अनुकरण गरिएको हुन्छ । जसले गर्दा उपभोक्ता अन्योलमा पर्दछ । सामान्य उपभोक्ताले यस्तो विषय छुटाउन सकिँदैन । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार, गर्मी याममा चेकजाँच बढाइए पनि ग्रामीण बजार, साना पसल र खुला मेलामा नक्कली उत्पादनहरू बढी छिर्ने गरेका छन् ।

सबै क्षेत्रमा अनुगमन गर्न नसकिने भएकोले उपभोक्तालाई सचेत रहन विभागले आग्रह समेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्