३१ जेठ २०८३, आइतबार

समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीयः महामन्त्री थापा

भदौ ८, २०८२
काठमाडौं
समयमै निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामै उदाहरणीयः महामन्त्री थापा

 नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले समयमा नै आवधिक निर्वाचन हुनेमा नेपाल दक्षिण एसियामा नै उदाहरणीय रहेको बताएका छन् । 

नेपाल मतदाता अधिकार मञ्चले आज आयोजना गरेको एकीकृत निर्वाचन विधेयक सम्बन्धमा राजनीतिक दलसँग अन्तक्रियामा उनले समयमै आवधिक निर्वाचन हुनु पनि लोकतन्त्रप्रति नेपाल प्रतिबद्ध रहेको उदाहरण भएको बताए । 
महामन्त्री थापाले आयोगबाट प्रस्तावित विधेयक राम्रो रहेको र यसमा थप सुधार गर्ने अवसर बाँकी रहेकाले थप छलफल गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले निर्वाचनसम्बन्धी ऐनलाई अध्ययन गर्दा राजनीतिक दलसम्बन्धी ऐन र अन्य ऐनलाई पनि राखेर अध्ययन गरिनुपर्ने बताए । 
 
    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य माधव सापकोटाले हालको निर्वाचन प्रणाली भड्किलो भएको र स्थानीय तहदेखि केन्द्रीय तहसम्म आइपुग्दा समस्या रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्