२८ जेठ २०८३, बिहीबार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भदौ ९, २०८२
नवलपरासी
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नारायणी नदीको पुलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । 

आइतबार साँझ करिब ६ बजेतिर गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको अविनाश ह्याचरीको कुखुराको चल्ला बोकेको ना १ क ५१९९ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ प ८७ नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो । 

प्रहरीकाअनुसार ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक गैँडाकोट–४ का २३ वर्षीय मुनाल दाहाललाई उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । ट्रकले मोटरसाइकललाई ‘ओभरटेक’ गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । 

सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैँडाकोट–४ का प्रतीक घिमिरे घाइते भएका छन् । उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रनाउ नेपालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्