१३ असार २०८३, शनिबार

नहरमा डुबेर एकको मृत्यु

भदौ ९, २०८२
सप्तरी
नहरमा डुबेर एकको मृत्यु

सप्तरीको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आइतबार साँझ एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा नगरपालिका–६ घोगनपुर बस्ने ४६ वर्षीय सत्रुधन सरदार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । 

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर नुहाउने क्रममा डुबेर बेपता भएका सरदारलाई स्थानीयले खोजतलास गर्दा मृतावस्थामा भटेको प्रहरीले जनाएको छ  । 

एक हप्ताअघि पनि सोही नगरपालिका–८ स्थित चाँदनीचोक नजिक चन्द्र नहरमा डुबेर नगरपालिका–७ बलुवाका ५० वर्षीय गोविन्द चौधरीको मृत्यु भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्