
भारतको उत्तर प्रदेशस्थित बुलन्दशहरमा गएराति ट्र्याक्टर र ट्रक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
कासगंज जिल्लाबाट राजस्थान जाँदै गरेको ट्र्याक्टर-ट्रलीमा लगभग ६० जना मानिसहरू जाँदै थिए ।
पछाडिबाट आएको तीव्र गतिको ट्रकले ट्र्याक्टरलाई ठक्कर दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
जसका कारण ट्र्याक्टर-ट्रली पल्टिएर धेरै मानिसहरू घाइते भएका थिए ।
दुर्घटनामा ८ जनाको मृत्यु भएको र ४५ जनाको उपचार भइरहेको समाचारमा उल्लेख छ ।
जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना गराउने ट्रक प्रहरीको नियन्त्रणमा छ।