२२ जेठ २०८३, शुक्रबार

यमनको राजधानी सानामा इजरायली हवाई आक्रमण, ४ जनाको मृत्यु

भदौ ९, २०८२
काठमाडौं
यमनको राजधानी सानामा इजरायली हवाई आक्रमण, ४ जनाको मृत्यु
तस्वीर : एएफपी

इजरायली वायुसेनाले आइतबार यमनको राजधानी सानामा हवाई आक्रमण गरेको छ । यी आक्रमणहरूमा कम्तिमा ४ जनाको मृत्यु र ६७ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यो आक्रमण यमनका हुथी विद्रोहीहरूले इजरायलमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफमा गरिएको हो ।

यसअघि शुक्रबार राति हुथी विद्रोहीहरूले पहिलोपटक इजरायलमाथि क्लस्टर बम वारहेडले सुसज्जित ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेका थिए ।

क्षेप्यास्त्रको एक भाग इजरायलको गिनाटोन शहरको एउटा घरमा लागेको थियो । तर, मानवीय क्षति भने भएन । 

यसपछि, इजरायलले बदलामा यमनको राजधानी सानालाई निशाना बनाएको हो । 


 

salt training

कमेन्ट गर्नुहोस्