
बर्दियाको मधुवन नगरपालिका–५ फुलराम चोकबाट सशस्त्र प्रहरीले ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ ।
गएराति करिब १ बजेको समयमा ४८ लाख रुपैयाँ बढीको विद्युतीय चुरोट (भेप) (SPACEMAN SP40000) बरामद गरिएको सशस्त्र प्रहरीका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
दुई वटा साइकलमा भारततर्फ लैजाँदै गरेको ८ वटा कार्टुनमा रहेको १ हजार ९ सय २० वटा भेप सशस्त्र प्रहरी बल नेपाल बीओपी शक्तिपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमलबहादुर नेपालीको कमान्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
उक्त भेप ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई देख्नासाथ भागेका उनले जानकारी दिए ।
बरामद भेप आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको डीएसपी थापाले बताए ।
