०६ असार २०८३, शनिबार

जलवायु न्यायका लागि खेलेको भूमिकाबारे युवाहरूले दिए प्रचण्डलाई धन्यवाद

भदौ ९, २०८२
काठमाडौं
जलवायु न्यायका लागि खेलेको भूमिकाबारे युवाहरूले दिए प्रचण्डलाई धन्यवाद

वर्ल्ड युथ फर क्लाइमेट जस्टिसका युवाहरूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जलवायु न्याय मुद्दामा प्रधानमन्त्री हुँदा खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

आफू प्रधानमन्त्री हुँदा अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको नेतृत्व र लिखित राय प्रस्तुत गर्न निर्देशन दिएकोमा युवाहरूले उनलाई धन्यवाद दिएका हुन् ।

नेपालले सन् २०२४ मा प्रस्तुत गरेको लिखित रायमा जलवायु विज्ञान, अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र विकास नीतिमा आधारित विस्तृत तर्क पेस गरेको थियो।

प्रचण्डले प्रधानमन्त्री हुँदा एलडीसी राष्ट्रहरूको नेतृत्व गर्दै कोप २८ लगायत मञ्चमा जलवायु न्यायको विषयलाई जोड दिएका थिए ।

युवाहरूलाई धन्यवाद दिँदै उनले जलवायु संकटलाई दलगत दृष्टिकोणले नहेर्न आग्रह गरे । अन्तर्राष्ट्रिय अदालतको परामर्शात्मक रायलाई ऐतिहासिक उपलब्धि भन्दै सरकारले ढिलाइ नगरी स्वागत गरी नीतिगत सुधारमा अघि बढ्नुपर्ने उनले बताए।

युवाहरूले आगामी भदौमा साउथ एसियन क्लाइमेट जस्टिस फेलोसिप आयोजना गर्ने जानकारी पनि दिए ।

salt training

कमेन्ट गर्नुहोस्