
तीज आयो भनेर, खुशी हुँदै नाचेर
पाँच दिनै रमाएर, हास्ँछन् खुलेर ।
आमा दिदीबहिनी, सबै जना मिलेर
दर खाने, पकाउने, खुशी मानेर ।
शिवपूजा, गणेशपूजा, ऋषिपूजा, दतिवन गरेर
घर-माइत चारैतर्फ खुशी उमङ्ग छरेर ।
हिमाल, पहाड, तराई, देशभर रमाइलो मानेर
तीज पर्व खुशी सबैमा, हुने जानेर ।
बेदनाका गीत गाउँछन्, विकृतिको बारेमा
समाजलाई बुझाउँछन्, तीजको भाखामा ।
नुहाई धुवाई श्रद्धा भक्ति, पवित्रता बुझेर
नाच्छन्, गाउँछन्, रमाउँछन्, दंग परेर ।
सम्मान गरौं, मद्दत गरौं, तीज पर्व मनाउन
नारी–पुरुष भेद छाडि, सफल गराउन ।
व्यंग्य छाडौं सबै जना, सद्भाव राखेर
तीज पर्व, धुमधाम मनाऔं, भक्ति गरेर ।
तीज आयो, भिड लाग्यो, रंगीचंगी देखिन्छ
सबै जना आवतजावत, रमझम गरिन्छ ।
नारी सबैमा नमन गरौं, तीज पर्व जानेर
हरेक दिन, उल्लास मनाऔं, सँगै मिलेर ।
हरितालिका पाँच दिन, हरेक तिथि महत्त्व
चाड मनाऔं, खुशी रहौं, मानी अपनत्व ।
छोरी-बुहारी माइत,घर माइतमा उमङ्ग
बाबु आमा दाजुभाइ, तीज सम्पन्न ।
विस्तारै हट्छ कुरिति हिंसा, समाज चेतेर
सब कुरा छाडौं, तीज मनाऔं, दिल खोलेर ।
तीजलाई हिंसा भन्छन् कोही, अधिक सोचेर
सोच्न छाडौं नकारात्मक हामी रिवाज मानेर ।
खाने बस्ने, आराम गर्ने, भेटघाट र बातचित
गाउने नाच्ने, व्रत बस्ने, नारी निस्फ्रिक ।
टिकटक–रिल मोबाइल–खबर, पुरुष आक्रोश
चाडपर्व नारी मनाउँदा किन, पुरुष बेखुस ।
हिंसा छाडौं, सत्य खोजौं, चिन्तन गरेर
तीज मनाऔं, सबै जना हामी हर्षित बनेर ।