२२ जेठ २०८३, शुक्रबार

नाडा अटो शोको समापनमा प्रदीप पौडेलदेखि सुनिता डंगोलसम्म [तस्वीरहरू]

१ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेको दाबी
भदौ ९, २०८२
काठमाडौं
नाडा अटो शोको समापनमा प्रदीप पौडेलदेखि सुनिता डंगोलसम्म [तस्वीरहरू]

काठमाडौंको भृकुटीमण्डपमा भएको नाडा अटो शो २०२५ सोमबार समापन गरिएको छ । 

यही भदौ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अटो शो सोमबार स्वास्थ्यमन्त्री प्रदीप पौडेलको प्रमुख आथित्यतामा समापन गरिएको हो । 

१७ औं संस्करणको नाडा अटो शो २०२५ मा १ लाख ७६ हजार ७८९ दर्शकले अवलोकन गरेका आयोजकको दाबी छ । उड्ने सवारी साधन, रोबोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतीय सवारी साधनको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको आयोजक बताउँछ । 

सुस्ताइरहेको अटोमोबाइल व्यवसायका बाबजुद पनि आयोजना गरिएको यो अटो शोले अटोमोबाइल व्यवसायलाई मात्र होइन देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन समेत मद्दत पुग्ने आयोजकको विश्वास छ । नाडा अटो शो २०२५ को अवसरमा नाडाले हरेक दिन विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको थियो । 

समापनकै दिन बसेको नाडा केन्द्रीय कार्य समितिको २१ औं बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (Federation of NADA Automobiles Nepal) मा रूपान्तरण गर्ने प्रस्तावसहित विशेष साधारणसभा भदौ २४ गते आह्वान गर्ने घोषणा गरेको छ  । यो कदम नाडाको स्वर्ण जयन्ती वर्षतर्फको ऐतिहासिक तयारीका रूपमा लिइएको छ ।

यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसैगरी यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल दिपाल, एमएडब्लु अटो कर्प प्रालिले जितेको छ । उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल रोयल इनफिल्ड अल्फा अटोमोटिभ प्रालिले जितेको छ ।

null

null

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्