
नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले हिन्दूहरूको महान् चाड दशैँको अवसर पारेर आकर्षक योजना सार्वजनिक गरेको छ ।
होन्डाले ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ योजना सार्वजनिक गरेको हो । ‘यो दशैँ बेस्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना भदौ ७ गतेदेखि कार्तिक १४ गतेसम्म नेपालभरका सबै होन्डा शोरूममा लागू हुनेछ ।
यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले चार लाखसम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ ।
यसका साथै, ग्राहकहरूले ५ वर्षका लागि नि:शुल्क सर्भिसिङ, १ वर्षको नि:शुल्क फुल इन्स्योरेन्स र १ वर्षका लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकका लागि २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको छ ।
यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा नि:शुल्क एसेसरिज, २ वर्षको इन्जिन वारेन्टी र एक पटकका लागि नि:शुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् ।
यी सबै अफरले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ । यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै; होन्डा सीटी, सीटी ई:एचईभी, एलिवेट, अमेज र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीमा उपलब्ध हुनेछ ।
स्याकार ट्रेडिङ्ग कम्पनी प्रालि नेपालमा होन्डा ब्रान्डको सबैभन्दा विश्वसनीय नाम हो । विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको यस कम्पनीले आफ्ना ग्राहकको विश्वास जित्न सफल भएको छ ।
स्याकार ट्रेडिङ्गले आफ्ना ग्राहकलाई सधैं नवीन र आकर्षक योजना प्रदान गर्दै आइरहेको छ र यो दशैं योजना पनि त्यसैको एक निरन्तरता हो ।