
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलमा एक हजार ५०० र चाँदीमा पाँच रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य एक लाख ९८ हजार ७०० निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
सोमबार एक तोला सुन एक लाख ९७ हजार २०० मा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३५५ रुपैयाँमा किनबेच भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, आज प्रतिऔंस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।