२५ जेठ २०८३, सोमबार

लिपुलेक विवादमा सरकारको रवैया शंकास्पद: रास्वपा

भदौ १०, २०८२
काठमाडौं
लिपुलेक विवादमा सरकारको रवैया शंकास्पद: रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिपुलेकमार्फत् सीमा व्यापार गर्ने भनेर भारत र चीनले गरेको सहमतिप्रति सरकार मौन बसेको भन्दै आपत्ति जनाएको छ ।

रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले मंगलवार विज्ञप्ति प्रकाशित गरी लिपुलेक प्रकरणमा सरकारले देखाएको रवैया र अनिच्छाप्रति शंका व्यक्त गरेका हुन् ।

‘गणतन्त्र भारत र चीनबीच नेपाली भूमि लिपुलेक पास हुँदै परम्परागत व्यापार मार्ग पुन: खोल्ने विषयमा हालै भएको सम्झौतापछि नेपाल सरकारले प्रस्तुत गरेको रवैयाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

चीन र भारतका विदेशमन्त्रीको भेटपछि अगस्ट १९ मा दुई देशले लिपुलेक पास हुँदै सीमा व्यापार शुरू गर्ने सहमति गरेका थिए । रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमणमा यो विषय दृढताका साथ उठाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

salt training

कमेन्ट गर्नुहोस्