०८ साउन २०८३, शुक्रबार
विधान महाधिवेशको तयारीमा एमाले

एमाले केन्द्रीय कमिटीको बैठक स्थगित, विधान महाधिवेशन प्रभावित नहुने

भदौ १०, २०८२
काठमाडौं
एमाले केन्द्रीय कमिटीको बैठक स्थगित, विधान महाधिवेशन प्रभावित नहुने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीका लागि छलफल गर्न १३ गतेदेखि बोलाइएको बैठक स्थगित गरिएको हो ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले केन्द्रीय कमिटीको बैठक स्थगित भएको जानकारी दिए ।

‘भदौ १३ गतेदेखि हुने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘अर्को बैठकबारे कुनै टुंगो लगाइएको छैन ।’

मुख्यगरी विधान संशोधनको प्रस्तावमा आएका सुझावलाई समेट्दै यसलाई अन्तिम रूप दिने तयारीस्वरूप बैठक बोलाइएको थियो । तर, एमालेले केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ । 

विधानको मस्यौदामाथि आएका नेता कार्यकर्ताको सुझावलाई समेट्ने काम भइरहेको अधिकारीले जानकारी दिए । 

केन्द्रीय कमिटीको बैठक स्थगित भए पनि भदौ २० देखि २२ गतेको लागि बोलाइएको विधान महाधिवेशन नसर्ने अधिकारी बताउँछन् । 

प्रधानमन्त्री केपी शर्मा ओली भदौ १८ गते चीन भ्रमणबाट फर्किने भएपछि विधान महाधिवेशन नसारिने अधिकारी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्