०७ असार २०८३, आइतबार

धापमा भासिएर गैँडाको मृत्यु

भदौ १०, २०८२
नवलपुर
धापमा भासिएर गैँडाको मृत्यु
फाइल तस्वीर ।

नवलपुरको कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार पानी खान गएको गैँडाको दलदलमा फसेर मंगलबार बिहान ज्यान गएको हो । 

गैँडाको खाग र खुर सुरक्षित छ । पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् ।    

salt training

कमेन्ट गर्नुहोस्