२४ जेठ २०८३, आइतबार

उम्मेदवारी दर्ता गराउन सिंहदरबार पुगिन् न्यौपाने

भदौ १०, २०८२
काठमाडौं
उम्मेदवारी दर्ता गराउन सिंहदरबार पुगिन् न्यौपाने

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था समितिको सभापतिको उम्मेदवारी दर्ता गर्न कांग्रेस सांसद ईश्वरी देवी न्यौपाने सिंहदरबार पुगेकी छिन् ।

कांग्रेस र एमालेको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गर्न लागेकी हुन् ।

रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको राज्य व्यवस्था समितिको सभापति न्यौपानेलाई बनाउने कांग्रेसले निर्णय गरेको थियो ।

विपक्षी दलले दाबी नगरेका कारण उनी सर्वसम्मत हुने सम्भावना छ । सभापतिको निर्वाचन भोलि बुधबार हुनेछ । 

उम्मेदवारी दर्ता गर्नुअघि उनले संसदीय सुनुवाइ विशेष समितिको सभापतिबाट राजीनामा दिने तयारी गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्