०३ असार २०८३, बुधबार

समाचार संकलनको क्रममा पक्राउ परेका पत्रकार रिहा

मंसिर २६, २०७४
समाचार संकलनको क्रममा पक्राउ परेका पत्रकार रिहा

काठमाडौं, २६  मंसिर-  गत मंसिर ३ गते पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन सम्बन्धि समाचार संकलन गर्ने क्रममा पक्राउ परेका पत्रकार दीपेश शाही रिहा भएका छन् । 
 शाहीलाई पक्राउ पुर्जीसमेत नदिइ थापाथली चोकबाट गिरफ्तार गरिएको थियो। शाही विगत पाँच वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय छन्। खबरडबली, पहिलोपोस्ट, रातोपाटी, नेपालखबर लगायतका सञ्चारमाध्यममा काम गरिसकेका उनी केहि समयदेखि मध्यान्ह राष्ट्रिय दैनिकको बरिष्ठ संवाददाताका रुपमा कार्यरत थिए। 
शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएको आशंकामा पक्राउ गरिएको हुन सक्ने पारिवारिक श्रोतले बताएको छ। 
पत्रकारितामा सक्रिय हुनुअघि उनी राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसमा विद्यार्थी राजनीतिमा आवद्ध समेत थिए। तर, पत्रकारितामा आइसकेपछि सक्रिय राजनीतिमा संलग्न नभएका उनलाई किन पक्राउ गरियो भन्नेमा प्रहरी प्रशासनले कुनैपनि जानकारी दिएको छैन। 
शाहीको पक्राउपछि नेपाल पत्रकार महासंघले विज्ञप्ती जारी गरेर खेद प्रकट गरेको थियो भने  पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल फेडेरेशन अफ जर्नालिस्टले पनि शाही लगायत ८ पत्रकार पक्राउको विषयमा ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहाइको माग राखेको थियो। 

salt training

कमेन्ट गर्नुहोस्